नामिबियामाथि अफगानिस्तानको ६२ रनको जित - Crazysaptahik.com

नामिबियामाथि अफगानिस्तानको ६२ रनको जित

विश्वकप क्रिकेट अन्तर्गत आइतबारको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको छ । अबुधावीमा अफगानिस्तानले दिएको १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९८ रन मात्र बनाउन सक्यो ।

नामिबियालाई सस्तैमा समेट्न अफगानिस्तानका नविन उलहक र हमिद हसनले समान ३ विकेट, गुलबदिन नाइबले २ र रसिद खानले १ विकेट लिए । नामिबियाका लागि डेभिड विसले २६, जान निकोल लफ्ट इटनले १४, माइकल भान लिंगेनले ११, जेरार्ड इरासमसले १२ रन जोडे ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६० रन बनाएको थियो । उसका लागि मोहम्मद शाहाजादले ४५ ।

हज्रातुल्लाह जाजाइले ३३, मोहम्मद नाबीले ३२ र असगर अफगानले ३१ रनको योगदान गरे ।बलिङतर्फ नामिबियाका रुबेन ट्रम्पेलमन र जान निकोल लफ्ट इटनले २\ २ तथा जेजे स्मिथले १ विकेट लिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.