
क्रेजी संवाददाता
लक्ष्मीमार्ग । विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) काठमाडौं चौथो बेलबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार (आज) भएको सेमिफाइनल खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाई २- ० गोल अन्तरले स्तब्ध पार्दै एपीएफले फाइनलमा हिमालयन शेर्पासँगको भेट पक्का गरेको हो ।

खेलको पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । दोस्रो हाफको करिब अन्त्यतिर खेलको ७६ औं मिनेटमा धनकुटाका बिकु तामागंको डिएरिया भित्र हेन्ड भएपछि पाएको पेनाल्टीलाई एपीएफका आशिष लामाले सही सदुपयोग गर्दै गोल गरेका थिए । यस्तैगरी एपीएफको सो गोल ८ मिनेट टिक्न नपाउँदै ८४ औं मिनेटमा एपीएफका नविन लामाले अर्को गोल थप्न सफल भए।

खेलमा धनकुटाले पनि निक्कै अवसरहरु प्राप्त गरेपनि जाली चुमाउनबाट वन्चित नै रहे र प्रतियोगिताबाटै बाहिरिएको छ । खेलमा एपीएफका सनिश श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । भोलि (बुधबार) प्रतियोगिताको फाइनल खेल हुनेछ । फाइनल खेलमा हिमालयन शेर्पा क्लब काठमाडौं र सशस्त्र प्रहरी बल काठमाडौँ बिच हुने आयोजकले जनाएको छ ।

