केराबारीमा दोस्रो मिनी म्याराथन हुने - Crazysaptahik.com

केराबारीमा दोस्रो मिनी म्याराथन हुने

क्रेजी संवाददाता
केराबारी । मोरङको केराबारीमा ‘दोस्रो मिनी म्याराथन केराबारी २०७८’ हुनेभएको छ । शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नेपाल तरुण दल केराबारीले सो म्याराथनको आयोजना गर्नेभएको हो ।

‘स्वास्थ्यको लागि दौड’ भन्ने मूल नाराका कात्तिक १९ गते शुक्रबार विहान ७ बजे केराबारीको मच्छिन्द्र चौकबाट म्याराथन सुरु गरिने नेपाल तरुण दल केराबारीका सभापति पप्पु साहले जानकारी गराए ।

सो म्याराथनमा महिला/पुरुष दुवैतर्फबाट १५ वर्ष माथिकाहरुले भाग लिन पाउनेछन् । फिटनेस एरिना सह–आयोजक रहेको यस मिनी म्याराथनमा खबर उज्यालो र क्रेजी साप्ताहिक अफिसियल मिडिया पार्टनर रहेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.