केराबारीमा दोस्रो म्याराथन : विजेतालाई निःशुल्क फिटनेस सेवा - Crazysaptahik.com

केराबारीमा दोस्रो म्याराथन : विजेतालाई निःशुल्क फिटनेस सेवा

क्रेजी संवाददाता
केराबारी । मोरङको केराबारीमा शुक्रबार ‘दोस्रो मिनी म्याराथन केराबारी २०७८’ भएको छ । शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा नेपाल तरुण दल केराबारीले सो म्याराथनको आयोजना गरेको हो ।

‘स्वास्थ्यको लागि दौड’ भन्ने मूल नाराका साथ विहान ७ बजे केराबारीको मच्छिन्द्र चोकदेखि बगैंचासम्म ३ किलोमिटर दौडमा सबै समूहबाट सहभागी ८२ जना धावकहरुलाई पछि पार्दै १८ वर्षीय भिमान लिम्बु प्रथम, १९ वर्षीय सुजन वस्नेत दोस्रो र १७ वर्षीय प्रकाश लिम्बु तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेलाई कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले क्रमशः नगद ५ हजार, ३ हजार र २ हजारद्वारा पुरस्कृत गर्नुभएको थियो ।

म्याराथनमा १६–३०, ३१ –४०,४१–५० र ५१ देखि माथिका विभिन्न चार उमेर समुह विभाजन गरी विद्यागत रुपमा प्रथम हुनेलाई पुरस्कृत गरिएको थियो । प्रतियोगितामा १६–३० उमेर समुह अन्र्तगत महिला तर्फ १६ वर्षिय सञ्जु तामाङ, पुरुष तर्फ भिमान लिम्बू प्रथम भएका छन् । ३१–४० उमेर समुह अन्र्तगत महिला तर्फ ३३ वर्षिय आँचल लिम्बू पुरुष तर्फ ४० वर्षिय गणेश खड्का प्रथम भए । ४१–५० उमेर समुह अन्र्तगत महिला तर्फ ४१ वर्षिया सरिता खत्री र पूरुष तर्फ ४१ वर्षका लाल प्रसाद लिम्बू प्रथम बने । ५१ वर्ष माथी समुहमा गत वर्ष सम्पन्न प्रथम मिनि म्याराथुन दौडमा तृतीय बनेका ५४ वर्षिय टंक वहादुर वस्नेत प्रथम भए ।

पुरस्कार वितरण कार्यक्रममा सवैभन्दा कान्छो उमेरबाट सहभागिता जनाउँने सम्पन्न बस्नेत, सवैभन्दा पाका उमेरका ७० वर्षिय जेष्ठ नागरिक रत्नवहादुर भट्टराई र महिला तर्फ ४१ वर्षिय शान्ति लिम्बूलाई पनि आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । विजेता वनेका सबैलाई केराबारी फिटनेस सेन्टरका छत्रवहादुर लिम्बूले २ महिना निःशुल्क व्यायामशालामा सेवा उपलब्ध गराउँने जनाउनुभयो ।

कार्यक्रममा समाजसेवी रिटर्नी माइग्रेट नेपाल प्रदेश १ का अध्यक्ष गोकुल थापाले तरुण दलले आयोजना गरेको यस्ता रचनात्मक कार्यले समाजका युवाहरुलाई राम्रा बाटोमा हिड्न अभिप्रेरित गर्नुका साथै स्वास्थ्यका लागि समेत लाभदायक हुने भएकाले राम्रा कामको सवैले सम्मान गर्न सिक्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि रोहित वहादुर कार्कीले म्याराथुन दौड एउटा पाटीका युवाले नभएर केराबारीको युवाहरुको संयुक्त कार्यक्रम भएको भन्दै खेलकुद र स्वास्थ्य हाम्रा लागि अति नै आवश्यक भएकाले सवै नागरिकले स्वास्थ्यका लागि दैनिक १ घण्टा समय निकाल्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा टिसर्ट प्रायोजन गर्ने नेपाली कांग्रेस केराबारीका सभापति प्रकास वस्नेत, युवा व्यवसायी पदम तामाङ, नेपाली कांग्रेस जिल्ला सदस्य वृष थापा, समाजसेवी तथा रिटर्नी माइग्रेट नेपाल प्रदेश १ का अध्यक्ष गोकुल थापा, मोरङ निर्वाचन क्षेत्र १ ख का पार्टी सचिव तथा केराबारी गाउँपालिका वडाध्यक्ष नं. ८ का अध्यक्ष मनोज खड्का र कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम तरुण दल केराबारीका सभापति पप्पु साहको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर