नन्दु र अस्मिताको ‘कति माया गर्छाैं...’ युट्युवमा सार्वजानिक - Crazysaptahik.com

नन्दु र अस्मिताको ‘कति माया गर्छाैं…’ युट्युवमा सार्वजानिक

क्रेजी संवाददाता
मोरङ । गायक नन्दु गुरुङ र गायिका अस्मिता अधिकारीको आवाज रहेको ‘कति माया गर्छाैं…’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

आज (सोमबार) ओ.एस.आर. डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक भएको भिडियोमा रेखा फागो र रुद्राक्षय लिम्बु (सुवास)ले फिचरिङ गरेका छन् ।

गायक नन्दु गुरुङको शव्द तथा संगीतमा सजिएको गीतको संगीत संयोजन अशोक थापाले गरेका हुन् । नन्दु पछिल्लो समय गायनमा मात्र सीमित छैनन् उनी संगीत र रचना गर्नमा पनि समय खर्चिन थालेका छन् ।

भिडियोमा डिओपी/ड्रोन सुमन तामाङले सम्हालेका छन् भने सम्पादन/कलर हेमन तामाङले गरेका हुन् । यस्तै असिस्टेन क्यामेराम्यान देवराज सिग्देलले सम्हालेका छन् ।

किंग्स स्टुडियो काठमाडौं र काव्य रेकर्ड्स झापामा रेकर्ड गरिएको गीतको मिक्सिङ राजु कार्कीले गरेका हुन् । भिडियोलाई दिनेश माङ्मुले निर्देशन गरेका हुन् ।

म्यूजिक भिडियो हेर्नुहोस् :-

सम्बन्धित खवर