ब्राजिल विश्वकप २०२२ का लागि छनोट - Crazysaptahik.com

ब्राजिल विश्वकप २०२२ का लागि छनोट

शुक्रबार बिहान १–० ले पराजित गर्दै ब्राजिलले अर्को वर्ष कतारमा हुने पिफा विश्वकपमा स्थान पक्का गरेको छ । दक्षिण अमेरिकी छनोट अन्तरगत शुक्रबार विहान भएको खेलमा ब्राजिलले लुकास पाक्वेटाको एक मात्र गोलको मदतमा कोलम्बियालाई हराएको हो । पाक्वेटाले नेइमारको पासमा ७२औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै ब्राजिल छनोटमा ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गर्न सफल भयो । १० राष्ट्र समावेश दक्षिण अमरिकी छनोटमा ब्राजिल १२ खेलबाट ३४ अंक जोड्दै शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको अर्जेन्टिना २५ अंकसहित दोस्रो स्थानमा छ ।

इक्वेडर २० अंकसहित तेस्रो स्थानमा छ । दक्षिण अमेरिकाबाट चार टिम सिधै छनोट हुने व्यवस्था छ भने पाँचौ हुने टिमले महादेशिय प्लेअफ खेल्नुपर्नेछ । शीर्ष स्थानमा रहेको ब्राजिललाई अब दोस्रो स्थानको अर्जेन्टिना र तेस्रो स्थानको इक्वेडर बाहेक अरुले उछिन्न सक्दैन । चौथोदेखि छैटौं स्थानसम्म रहेको चिली, कोलम्बिया र उरुग्वेको समान १६ अंक छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.