पथरीमा ‘अनि देउराली रुन्छ’ मंसिर ५ देखि मञ्चन हुने - Crazysaptahik.com

पथरीमा ‘अनि देउराली रुन्छ’ मंसिर ५ देखि मञ्चन हुने

  • भूमिप्रसाद पाठक

मोरङको पथरीशनिश्चेर–२ को हरियाली सामुदायिक वनको अत्याधुनिक सभाहलमा यही मंसिर ५ गते आइतबारका दिन मनबहादुर मुखियाद्वारा लिखित सामजिक, यथार्थवादी नाटक ‘अनि देउराली रुन्छ’ मञ्चन हुने मिति तय भएको छ ।

शब्द थियटरको प्रस्तुति रहने नाटकमा हाम्रै समाजमा घटेका घटनाहरु हामी कसरी बसाइँसराई गरेर पहाडबाट तराईमा झरर्याै यस्तै उतारचढाव रहेको सो नाटकका सहायक निर्देशक सुमन कुँइकेलले जानकारी दिइन् । ‘हाम्रो समाजमा शोषक–सामन्त कस्ता हुँन्थे उनीहरुले गाँउलेहरुलाई कसरी दुःख दिन्थे ।

हामी आफैले बुझ्ने गरेको समाजको दारुण सचित्र यस नाटकमा देखाइनेछ’ । सहायक निर्देशक कुइँकेल भनिन् । पितृसत्तात्मक समाजले थिचिएका महिलाहरुको बर्बर विभेदपूर्ण व्यवहार नाटकका निर्देशक जीवन बरालले बताए । बरालको बेजोड निर्देशन रहनेछ । नाटकमा भाग लिने स्थानीय र केही बाहिरका कलाकारहरू समेत रहेका छन् ।

जसमा सुमन कुँइकेल, सुदीपजंग कार्की, अशोक साम्पाङ राई, मेनुका कुलुङ राई, अनुषा कटुवाल, सदीक्षा अधिकारी, मनोज तिम्सिना, मनिक शंकर, सन्तोष राई (छत्र), विजय नेपाल, सन्तोष तामाङ, प्रेम खतिवडा, सन्जय गिरी, ईस्वर दुलाल, जंगबहादुर मगर, विमला पोखरेल र काव्य बराल लगायत रहनेछन् । नाटकको संगीत संयोजन देव गुरुङ सम्हालेका छन् । यसैगरी नाटकको व्यस्थापकमा सरोज तिम्सिना निर्माण नियन्त्रणमा पर्शुराम न्यौपाने रहेका छन् ।

यसैगरी, कोरियोग्राफीमा राम विक रहेको कुरा निर्देशक बरालले सुनाए । पथरीशनिश्चरेमा नाटकको उर्वर ठाउँमा यस्तो खालको नाटक पहिलो पटक देखाइनेछ ।

सम्बन्धित खवर