आजदेखि 'जहदा भेट्रानस गोल्डकप' सुरु - Crazysaptahik.com

आजदेखि ‘जहदा भेट्रानस गोल्डकप’ सुरु

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी–५ जहदामा आजबाट ‘जहदा भेट्रानस गोल्डकप–२०७८’ सुरु हँुदैछ ।

नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा हुने यस भेट्रानस गोल्डकपमा आजको उद्घाटन खेल हाम्रो धरान भेट्रानस र एभरेष्ट भेट्रानस मोरङ बीच हुनेछ ।

कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा हुने खेललाई नमस्ते ट्रेडर्स मुख्य प्रायोजक रहेको छ भने लुम्बिनी रेष्टुरेन्ट एण्ड बार सह–प्रायोजक रहेका छन् ।

प्रतियोगितामा खेलमा ८ भेट्रानस टिमको सहभागिता रहनेछ । जस अन्तर्गत भेट्रानस टिम, धरान, इटहरी, विराटनगर, दमक, एभरेष्ट मोरङ, जहदा भेट्रानस लगायत टिम रहेको आयोजकले बताएको छ । प्रतियोगिताको विजेता र उपविजेताले क्रमश १ लाख र ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछ ।

हरेक खेलमा म्यान अफ द म्याच वापत पुरस्कार १ हजार र ट्रफी प्रदान गरिने भएको छ । वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ द टुनामेन्ट जस्ता विधा हात पार्ने खेलाडीलाई खेल समापनको दिन नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने खेल संयोजक डेनिम राईले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.