
लङसिंङ श्रेष्ठ
मिक्लाजुङ । मोरङको लेटाङ वडा नं. ८ र ९ को युवाले ‘लागु औषत विरुद्ध युवाहरु’ भन्ने मूल नाराका साथ आगामी मङ्सिर २० गते जाँते एसोसिएसनको आयोजनामा बृहत् सांगीतिक कार्यक्रम गर्ने भएको छ ।
आज (सोमबार) लेटाङ – ८ का वडाध्यक्ष भिम पोख्रेलको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरी निर्णय पारित गरेको हो ।
कार्यक्रम आयोजक समितिमा अध्यक्ष बिनोद लिम्बु, उपाध्यक्ष डेविड राई, सचिव भिमबहादुर राई (मुस्कान), स–सचिव विशेष रार्इै, कोषाध्यक्ष कबिता बस्नेत र सदस्यहरु टंक लिम्बु, प्रकाश राणा मगर, टेकबहादुर साँवा, अमरजित राई, सुर्य लिम्बु र राज कुमार राई रहेका छन् भने अनुगमन समितिमा टंक लिम्बु, सुप्रीम लिम्बु, दिनेश पौडेल, सुर्य लिम्बु र बाबुराम राइ रहेका छन् ।
कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरु द भोइस अफ नेपाल सिजन ३ का कोच तृष्णा गुरुङ र एकदेभ लिम्बु सहित स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने आयोजकले क्रेजी साप्ताहिकलाई जानकारी दिएको छ ।


