बसको ठक्करबाट बालकको मृत्यु - Crazysaptahik.com

बसको ठक्करबाट बालकको मृत्यु

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेको जयचौक सडक खण्डमा बुधबार बिहान बसको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ ।

काठमाडौबाट झापा गइरहेको बा ३००१ ख २०० नम्बरको बसले ठक्कर दिंदा मोरङ बेलाबारी–४ को दिवस आचार्यको घट्नास्थलमै मृत्यु भएको हो ।

विहान झण्डै ७ बजे आफन्तको घरमा जाने क्रममा आमा भावाना आचार्यले जयचौकमा सीटी सफरीबाट उत्रेर पैसा तिर्न लाग्दा छोराले सडक पार गर्दा बसको ठक्कर लागेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.