मुहासिंहको निर्देशनमा नन्दु र निरकुमारीको ‘मुखियाकी छोरी...’ सार्वजानिक - Crazysaptahik.com

मुहासिंहको निर्देशनमा नन्दु र निरकुमारीको ‘मुखियाकी छोरी…’ सार्वजानिक

क्रेजी संवाददाता
पथरी । मोफसलमा रहेर सम्पादनमा सक्रिय मुहासिंह थापा मगर अहिले निर्देशनमा पनि व्यस्त छन् । मगरकै निर्देशनमा गायक नन्दु गुरुङ र गायिका निरकुमारी धिमालको स्वरमा सजिएको ‘मुखियाकी छोरी …’ मंगलबार सार्वजानिक भएको छ ।

गायिका निरकुमारी धिमालको अफिसियल युट्युव च्यानल मार्फत् भिडियो सार्वजानिक गरिएको हो । गीतको रचना/संगीत पनि गायिका स्वंम धिमालको रहेको छ ।

झापाको दमकको काब्य रेकर्डस्मा रेकर्ड गरिएको यस गीतको एरेन्ज अशोक थापाले गरेका हुन् । म्यूजिक भिडियोमा भुवन खड्का, बिनिशा लिम्बु र हर्क श्रेष्ठले अभिनय गरेका छन् भने भिडियोलाई देवराज सिग्देलले खिचेका हुन् । भिडियो सम्पादन/कलर निर्देशक मगरले नै सम्हालेका छन् ।

म्यूजिक भिडियो हेर्नुहोस :-

सम्बन्धित खवर