
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)ले नगर क्षेत्रमा दुव्र्यसनमा युवाहरु फस्ने गरेको समस्या बढ्दै गएकाले त्यसलाई ध्यानमा राखेर पुनस्र्थापना केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको छ ।
नगर प्रमुख राई वडा नम्बर ७ मा अवस्थित मिलनचोकमा स्थापना भएको सपोर्ट पुनस्र्थापना केन्द्रको आज प्रमुख अतिथिका रुपमा उद्घाटन गर्ने क्रममा सो कुरा बताउनुभएको हो । उहाँले दुव्र्यसन नियन्त्रण तथा पुनस्र्थापनाका क्षेत्रमा कार्य गर्न स्थापना भएका पुनस्र्थापना केन्द्रहरुसँगको सहकार्यमा दुव्र्यसन विरुद्धको कार्यक्रम अघि बढाउन आवश्यक रहेको जनाउनुभयो ।
सो कार्यक्रममा, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहितले मन्तव्य व्यक्त गर्दै युवाहरुको यसखाले काममा सवैको सहकार्य आवश्यक रहेको बताउनु भयो । संस्थाका अध्यक्ष विपिन गुरुङले १ सय ५० जनासम्मलाई केन्द्रमा राखेर प्रदेश सरकार र नगरपालिकाको सहयोगमा निःशुल्क रुपमा दुव्र्यसनमुक्त अभियान सहित पुनस्र्थापना कार्यक्रम अघि बढाउने योजना रहेको सुनाउनु भयो ।

