मोरङ क्षेत्र नम्वर ३ (क) को प्रदेश अधिवेसन प्रतिनिधिमा केदारको उम्मेद्वारी - Crazysaptahik.com

मोरङ क्षेत्र नम्वर ३ (क) को प्रदेश अधिवेसन प्रतिनिधिमा केदारको उम्मेद्वारी

क्रेजी संवाददाता
पथरी । मोरङ पथरीशनिश्चरे–३ का केदार बोहरा बाल्यकालदेखि नै राजनीति पार्टी भन्नेबित्तिकै नेपाली कांग्रेसको नाम उच्चारण गर्दै अघि बढेका एक युवा हुन् ।

१८ वर्षकै उमेरमा वडाको राजनीति सुरु गरेका बोहराले १४ औं महाधिवेशनमा उम्मेद्वारी घोषणा गरेका छन् । बोहोराले मोरङ क्षेत्र नम्वर ३ (क) को प्रदेश अधिवेसन प्रतिनिधि पदमा उम्मेद्वारी दिएका हुन् ।

प्रायः सबैसँग मिलनसार स्वाभावका केदारले नेपाली कांग्रेस पार्टीमा लागेदेखि नै संगठन भित्रको वितृष्णा, विकृति र विसंगतिका बारेमा युवा जमातमा चेतना फैलाउने एक सकारात्मक सोचका अभिकर्ताको रुपमा कार्य गर्दै आएका छन् । पार्टीको १३ औं महाधिवेसन ताकादेखि पार्टीभित्रको अन्तर कुन्तर थाहा पाउँदै आएका केदारले १४ औं महाधिवसेनमा संगठन सुदृढीकरण, युवाहरुको सही परिचालन, नेतृत्व विकास र सवल सक्षम नेतृत्वलाई उचित स्थान दिनुपर्ने जोडदार माग सहित आफ्नो उम्मेद्वारी रहेको क्रेजी साप्ताहिकलाई बताए ।

उनले नेपाली कांग्रेसको भातृ संगठन तरुण दल वडा समितिको सचिव भएर ५ वर्षे कार्यकाल सफल रुपमा संचालन गरिसकेका छन् । राजनीतिलाई नितान्त सेवाको विषय उजागर गर्ने बाहोरा जनताको सेवा, संगठन सुदृढीकरण र संगठन विस्तारमा आहोरात्र खटिदैे बलियो संगठन निर्माण गरी जनताको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा सवै लाग्नुपर्ने धारण व्यक्त गर्छन् ।

यस्तैगरी साझा र बलियो कांग्रेस बनाउन बनाउन सके मात्रै भावी दिनमा हुने स्थानीय, प्रदेश र संघको चुनावमा रुख चिन्ह लिएर उठ्ने उम्मेद्वारलाई घात नहुने बताउँदै सवैको अपनत्व हुनेगरीको कांग्रेस बनाउन पनि आफ्नो उम्मेद्वारी रहेको उनले दाबी गरे ।

सहयोगी भावनाका बोहोरा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित छन् । उनले सामाजिक क्षेत्रमा लायन्स क्लव अफ योङहार्ट पथरीशनिश्चरे नगरको संस्थापक अध्यक्ष, अन्य सामाजिक संघ संस्थामा रहेर काम गर्दै सामाजिक क्षेत्रमा पनि आफ्नो परिचय प्रस्तुत गरिसकेका छन् ।

कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफूले क्षेत्र ३ (क) को प्रदेश अधिवेसन प्रतिनिधिमा दाबी प्रस्तुत गरेको उनको भनाइ छ । आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सवल र सक्षम नेपाली कांग्रेस पार्टीका उम्मेद्वारलाई जिताउन सक्रिय रहने बताए । यस्तै कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवा जमात र व्यक्तित्वहरुलाई थप आकर्षित गर्दै नेपाली कांग्रेसमा अन्य पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ । उनी अग्रजको सम्मान र आफ्ना साथीभाइको माया पाउने र विजयी हुनेमा निश्चिन्त छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.