
न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतविरुद्ध हुने तीन खेलको टी–२० सिरिज गुमाउने भएका छन् । विलियम्सन टेष्ट टिमको प्रशिक्षणमा सहभागी भएकोले न्युजिल्याण्डले टिम साउथीको कप्तानीमा टिम घोषणा गरेको छ । न्युजिल्याण्ड भारतसँग बुधबार पहिलो टी–२० खेल जयपुरमा खेल्दैछ ।
यूएईमा टी–२० विश्वकपको फाइनल खेलेको केही दिनमै न्युजिल्याण्डले भारतविरुद्ध सिरिज खेल्न लागेको हो । काएन जेमिसन, डार्यल मिचेल, मिचेल सान्टनर र ग्लेन फिलिप्स भने टी–२० र टेष्ट सिरिज दुवैमा समावेश छन् ।
यस्तै चोटका कारण टी–२० विश्वकप गुमाएका तीव्र गतिका बलर लकी पर्गुसन पनि टी–२० टिममा फर्किएका छन्। भारत र न्युजिल्याण्डबीचको दोस्रो खेल नोभेम्बर १९ मा राची र तेस्रो खेल कोलकतामा हुनेछ।


