‘थोरबहुत सफलता मिलेकै छ जस्तो लाग्छ’ - Crazysaptahik.com

‘थोरबहुत सफलता मिलेकै छ जस्तो लाग्छ’


– नन्दु गुरुङ, गायक

मोरङ पथरीशनिश्चरे स्थायी घर भएका गायक नन्दु गुरुङ नेपाली सुगम संगीतमा निरन्तर लागिपरेका छन् । नन्दुले ५० बढी गीतहरु रेकर्ड गरिसकेका छन् ।

थोरबहुत सफलताका खुड्किलो चढ्ने प्रयत्न गरिरहेका गायक नन्दु अहिले संगीत सृजना र एरेन्जमा पनि आफ्नो कौशलता पस्किने प्रयत्न गरिरहेका छन् । हाल झापाको दमकमा बसोबास गर्दै मोफसलका कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दिनमा तल्लिन छन् । उनै गायक नन्दुसँग क्रेजी साप्ताहिकले गरेको संवादका अंशहरु :–

आजकाल के व्यस्त हुनुहन्छ त ?
– आजकाल म भर्खरै यो हाम्रो खुल्दै गरेको हाम्रो सांगीतिक गतिविधिहरु विस्तरै – विस्तरै लकडाउनपछि खुल्दै आएको छ । विभिन्न कार्यक्रमहरू संचालन भइरहेको छ । थोरबहुत आफ्नो प्रस्तुतिहरु राखिरहेको छु ।

तपाई मोफसलबाट संगीतमा चर्चा कमाई सक्नुभएको छ, अहिलेसम्म कति वटा गीतहरू रेकर्ड गर्नुभयो त ?
– त्यति धेरै गीतहरु मलै धेरै नै रेकर्ड गरेको छैन । करिब ५० वटा जति चाहिँ भयो होला कि ।

संगीतमा कतिको संघर्ष गर्नुभयो ?
– मैलै संगीत क्षेत्रमा धेरै नै संघर्ष गरेँ । मलाई आफूमा एउटा विश्वास थियो त्यो सोच लिएर म अघि बढे । र, थोरबहुत सफलता मिलेकै छ जस्तो लाग्छ ।

तपाईलाई संघर्षको बीचमा गीत गाउनुपर्छ भन्नै चाहि“ लागिरह्यो हो ?
– मानिसको जीवनमा सुरुमा धेरै कुरा हुन्छ सानो उमेरमा धेरै साथीभाइ, परिवारहरु हुन्छ । तर, जब ठूलो हुन्छौं त्यो बेला हामीसँगै थोरै कुरा हुन्छ । म सँग संगीत मात्र होइन धेरै कुराहरू पनि थियो । तर, संगीतसँग यात्रा गर्दा संगत म सँग धेरै नजिकै भयो । त्यी भएर मेलै गति गाउनुपर्छ भन्नै सोच आयो ।

तपाईको पहिलो गीत ?
– मेरो पहिलो गीतको ‘शुमकामना…’ हो ।

तपाईको विचारमा संगीत ?
– संगीत भनेको मेरो लागि जिन्दगीको अभिन्य अङ्ग हो ।

तपाईको परिवारमा को–को हुनुहन्छ त ?
– मेरो परिवारमा आमा, दाइ, भाउजू, भाइ अनि मेरी श्रीमती (गृहमन्त्री) हुनुहुन्छ ।

गृहमन्त्रीले हुजरलाइृ कतिको सपोर्ट र्गनुहुन्छ ?
– गृहमन्त्रीले मलाई धेरै नै सपोर्ट गरिरहेको छ । उसैको कारण अहिले म संगीतमा रमिरहेको छु ।

तपाईलाई मनपर्ने गायक ?
– नाराण गोपल र भक्तराज आचार्य मलाई मनपर्ने गायक हुन् ।

र, अन्त्यमा ?
– नेपाली गीत संगीतलाई माया गरिदिनु होला । र, म पनि यही क्षेत्रमा केही गरौं भनेर लागिपरेको छु । मलाई हर क्षेत्रबाट सपोर्ट गरिदिनु होला । धन्यवाद ।

क्रेजी संवाद भिडियो :- 

सम्बन्धित खवर