माङ्सेबुङमा १४ औं आत्मानन्द कप हुने - Crazysaptahik.com

माङ्सेबुङमा १४ औं आत्मानन्द कप हुने

क्रेजी संवाददाता
माङ्सेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ६८ औं शुभजन्मोत्सवको अवसरमा १४ आंैै आत्मानन्द कप हुने भएको छ ।

इलाम माङ्सेबुङमा आयोजना हुने सो प्रतियोगिता मंसिर ११ गते उद्घाटन खेल हुने आयोजकले जनाएको छ । मोरङ जिल्लाबाट पथरी शनिश्चरेको सिरिजंघा स्पोर्टिङ क्लब जाने भएको छ ।

यस्तैगरी सिरिजंघाको अलवा माङ्सेबुङ गाउपालिका टिम, बिबिएफसी दमक झापा, गोधुली क्लब सुनसरी, रेड हर्ष इलाम, फिदिम स्पोर्टिङ कल्ब पचथर, मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत, झापा ११ झापा गरी जम्मा ८ टिमको सहभागिता रहनेछ ।

यस प्रतियोगितामा प्रथम हुनेले ३ लाख १ सय ६८ दोस्रो हुनेले २ लाख १ सय ६८ पुरस्कार प्राप्त गर्नेछ भने ट्रफी मेडल विधागत पुरस्कार र फेयर समेत १० हजार हरेक खेलमा सहभागी टिमले पाउनेछ । सो प्रतियोगिता आयोजना गराउन १५ लाख खर्च लाग्ने आयोजक आत्मा पवित्र हक्चात यक्थुमले जनाएको छ ।

सो खेलमा सहभागी जनाउन सिरिजंघा स्पोर्टिङ क्लबको तर्फबाट कार्यवाहक अध्यक्ष सफल आङ्बुहाङ र खेल म्यानेजर मौसम लिम्बुको नेतृत्वमा मङ्सिर ११ गते माङ्सेबुङ जाने तयारी गरिरहेको म्यानेजर मौसम लिम्बुले जानकारी दिए ।

पथरीबाट जाने टिम सिरिजंघा स्पोर्टिङ क्लबलाई भने मुख्य सहयोगीमा मेरो मनको टिभी प्रोपाइटर आयन राई, विशेष सहयोगीमा पथरीशनिश्चरे–३ वार्ड कार्यालयले गर्ने बताइएको छ । साथै विदेशी सहयोगी र स्थानीयहरुले पनि सिरिजंघा क्लबलाई सहयोग गर्ने भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.