पथरीमा नाटक ‘अनि देउराली रुन्छ’ को प्रिमियर - Crazysaptahik.com

पथरीमा नाटक ‘अनि देउराली रुन्छ’ को प्रिमियर

क्रेजी संवाददाता
पथरी । ३० को दशकमा रचिएको नाटक ‘अनि देउराली रुन्छ’ धेरै वसन्त पार गरी पुनः आमदर्शक माझ आइपुगेको छ । मानबहादुर मुखियाले लेखेको नाटक ‘अनि देउराली रुन्छ’ पथरीको शब्द कला समूह र शब्द थिएटरको संयुक्त प्रस्तुतिमा आज प्रिमियर (पहिलो सो) गरिएको हो ।

पथरीशनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वनको हलमा देखाइएको प्रिमियर शो मा पथरीशनिश्चरेका मेयर दिलिप कुमार राई, वडाध्यक्षहरु कपिलमणि ढकाल, डम्बर चेम्जोङ, एमालेका युवा नेता उमानाथ अधिकारी, विद्यालयका प्रिन्सिपलहरु वाल्मीकिका नोवलकिशोर खनाल, एभरेष्टका रविन कन्दङ्वा, पेगोडाका टिका दंगाल, रेडस्टारका टि.एन. तिम्सिना, झापा, मोरङ सुनसरीका कलाकारहरु र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । प्रियिमर शो मा नाटकका निर्देशक जीवन बरालले उपस्थिति सबैलाई स्वागत गर्दै मन परे ताली नत्र सभ्य भाषामा सुझाव र गालीको आशा राखेका बताएका थिए ।

प्रिमियर शो मा उपस्थित सबैले नाटकलाई औधी रुचाइएको पाइयो । हलमा नाटकको भावविह्ल शब्द र दृश्यले दर्शकहरुको आँखा रसाइरहेका थिए भने बीच बीचमा नाटकका पात्र सन्तेको कमेडीले दर्शकहरु दिल खोलेर हाँसिरहेका थिए ।

नाटकमा सुमन कुँइकेल, सुदीपजंग कार्की, अशोक साम्पाङ राई, मेनुका कुलुङ राई, अनुषा कटुवाल, सदीक्षा अधिकारी, मनोज तिम्सिना, मनिक शंकर, सन्तोष राई (छत्र), विजय नेपाल, सन्तोष तामाङ, प्रेम खतिवडा, सन्जय गिरी, ईस्वर दुलाल, जंगबहादुर मगर, विमला पोखरेल र काव्य बराल लगायतको जीवन्त अभियन रहेको छ ।

नाटक भोलि मंसिर ५ गतेदेखि ११ गतेसम्म विहान ११ः३० र बेलुका ४ बजे गरी दुई शो हुने नाटकको निर्माण नियन्त्रण पर्शुराम न्यौपानेले जानकारी दिए ।

सम्बन्धित खवर