
क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी–५ जहदामा आज ‘जहदा भेट्रानस गोल्डकप–२०७८’ को फाइनल खेल हुदैछ । आयोजक जहदा भेट्रानस र हाम्रो ईटहरी भेट्रानस बीच फाइनल खेल हुनेछ ।
आयोजकले झापाको विर्तामोड भेट्रानसलाई स्तब्ध पार्दै फाइनल प्रवेश गरेको हो भने इटहरीले हाम्रो धरान भेट्रानसलाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । नव प्रगतिशील समाज सेवा क्लबको संरक्षण र जहदा भेट्रानसको आयोजनामा भएको भेट्रानस गोल्डकप कात्तिक २८ गतेबाट सुरु भएको थियो ।
कानेपोखरी–५ जहदामा अवस्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा हुने खेललाई नमस्ते ट्रेडर्स मुख्य प्रायोजक रहेको छ भने लुम्बिनी रेष्टुरेन्ट एण्ड बार सह–प्रायोजक रहेका छन् ।
प्रतियोगितामा खेलमा ८ भेट्रानस टिमको सहभागिता रहेको थियो । जसमा भेट्रानस टिम, धरान, इटहरी, विराटनगर, दमक, एभरेष्ट मोरङ, जहदा भेट्रानस टिम रहेको थियो । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख र ५१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र हात पार्नेछन् ।
यस्तै वेष्ट गोलरक्षक, हाई स्कोरर, अनुशासित खेलाडी, म्यान अफ द टुनामेन्ट जस्ता विधा हात पार्ने खेलाडीलाई आज नगद २५ सय सहित आकर्षक ट्रफीले पुरस्कृत गरिने खेल संयोजक डेनिम राईले जानकारी दिए ।

