साना किसान कृषि सहकारी संस्थाको छैठौं साधारण सभा सम्पन्न : उत्कृष्ट ऋणीलाई सम्मान - Crazysaptahik.com

साना किसान कृषि सहकारी संस्थाको छैठौं साधारण सभा सम्पन्न : उत्कृष्ट ऋणीलाई सम्मान

क्रेजी संवाददाता
कानेपोखरी । मोरङ कानेपोखरी ६ रमाइलोमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड बयरबनले शनिबार छैठौं वार्षिक साधारण सभा विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ ।
आर्थिक वर्ष ०७७/७८ को प्रगती तथा ७८/७९ का लागि संस्थाले तय गरेका नीति तथा कार्यक्रमहरू संस्थाकी अध्यक्ष कल्पना भण्डारीले प्रस्तुत गरेकी थिइन ।
सहकारी संस्थाले हालसम्म १ करोड ८८ लाख २६ हजार ५४ रुपैयाँ ०९ पैसा निक्षेप हिसाब संकलन गरेको छ । भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा आ.व. ०७७/७८ मा यस सहकारीले ८१ लाख ५३ हजार ३ सय ३० रुपैयाँ १९ पैसा आम्दानी गरेको छ भने यथार्थ खर्च ६२ लाख ४८ हजार ९ सय ४३ रुपैयाँ ४४ पैसा उल्लेख रहेको छ ।
सञ्चालनमा रहेको आ.व. ०७८/७९ मा आम्दानी तर्फ १ करोड २१ लाख ५३ हजार ३ सय ३० रुपैयाँ पुर्‍याउने लक्ष्य यस सहकारीले प्रस्तुत गरेको छ ।

संस्थाले गत आर्थिक वर्ष ७६/७७ मा १ करोड ४१ लाख ६० हजार ९ सय ६१ रुपैयाँ ४३ पैसा रहेकोमा आ.व. ०७७/७८ मा ४६ लाख ६५ हजार ९२ रुपैयाँ ६६ पैसाले वृद्धि गरि १ करोड ८८ लाख २६ हजार ५४ रुपैयाँ ०९ पैसा निक्षेप हिसाब पुर्‍याएको हो ।

यस संस्थाको हालको सेयर रकम ६३ लाख ६३ हजार ९०० रुपैयाँ रहेको छ भने १९ लाख ४ हजार ३ सय ८६ रुपैयाँ ७५ पैसा शुद्ध बचत गर्न सफल भएको छ । यस संस्थाले आ.व. ७७/७८ सम्ममा ऋण लगानी ३ करोड ८१ लाख ७५ हजार १ सय ९ रुपैयाँ गरेको छ ।

१३ सय १२ जना सेयर सदस्यहरू रहेको यस संस्थाले हरेक वर्ष जस्तै यस वर्षपनि उत्कृष्ट कार्य गर्ने व्यक्तित्व, संस्था समूह तथा सदस्यहरूलाई पुरस्कृत गरेको छ । उत्कृष्ट ऋणी दिलकुमारी घिसिङ, निरासा चौधरी, मनकुमारी लिम्बू घोषित हुँदा उत्कृष्ट बाख्रापालक सुर्य बहादुर खुलाल, उत्कृष्ट बिमा भिमा कुमारी सुवेदी र उत्कृष्ट बालबचत संकृती बिष्ट चयन भए । उत्कृष्ट समूह तर्फबाट कृष्णमाया गुरुङ, गिता चुडाल, फुलमाया कटुवाल, मेनुका भट्टराई, लिला कुमारी भट्टराई, राधिका बराल र गिता बजगाई छानिए । उनिहरू प्रमाणपत्र सहित कृषि सामग्रीहरू प्राप्त गरे ।

वार्षिक साधारणसभाको औपचारिक कार्यक्रममा प्रमुख अतिथि कानेपोखरीका अध्यक्ष ताराबहादुर काफ्ले रहेका थिए भने विशिष्ट अतिथिको रूपमा पालिका उपाध्यक्ष राजमती इङ्नाम, प्रदेश कृषि सहकारी तदर्थ संघ १ नम्बर प्रदेशका संयोजक खगेन्द्र राजभण्डारी, साना किसान बिकास लघु वित्तीय इलाका कार्यालय इटहरीका वरिष्ठ सहायक कुमार घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

साना किसान सहकारी संस्थाकी अध्यक्ष कल्पना भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि ताराबहादुर काफ्लेले यो संस्था विशुद्ध कृषिसँग सम्बन्धित भएकाले उत्पादनमुखी हुनुपर्ने बताए । केहि वर्षयता सदस्यहरूको संख्या वृद्धि न्यून भएकाले त्यसमा ध्यान दिनु आवश्यक रहेको उनले जिकिर गरे । संस्थाबाट लिएको ऋणको सहि सदुपयोग गर्दै महिलाहरुले कृषि तथा पशु उत्पादनलाई व्यवसायिकरण गर्दै आयआर्जनमा वृद्धि गरि आत्मनिर्भर हुने कार्यक्रममा विशेष ध्यान दिनुपर्छ, ‘उनले भने ।

संस्थाकी संस्थापक अध्यक्ष एवं पालिका उपाध्यक्ष राजमती इङ्नामले म लगायत हाम्रो टिमले सुरू गर्दा जुन उत्साह लिएर गरेका थियौं, त्यो हाल नभएको सुनाइन । सानाकिसान सबै महिलाहरूको लागि उत्प्रेरणाको संस्था हुनुपर्‍यो, सदस्यहरू सिर्जनशिल हुनु आवश्यक छ, उनले बताइन । साना किसान संस्थालाई चाहिने सहयोग पालिका स्तरबाट भरपुर गरिने पनि उनले बताइन ।

गत वर्ष केहि उपलब्धिमुलक कार्य गरेको यस संस्थाले आफ्नो स्वामित्वको ४ कठ्ठा जग्गा खरिद गरेको छ । आर्थिक वर्ष ०७५/७६ मा प्रशिक्षार्थी कामदारको रूपमा ३ जना युवायुवती इजरायल यस संस्थाको मार्फबाट गएका थिए । उनिहरू हाल नेपाल केहि हदसम्म आर्थिक सम्पन्नता गरेर नेपाल फर्किसकेका छ्न । ०७८/७९ का लागि यस सहकारी संस्थाले आफ्नै भवन निर्माण गर्ने, व्यावसायिक तालिममा वृद्धि गर्ने, सदस्यताको संख्या बढाउने, पशु आहार बिक्री वितरण सुरू गर्ने लगायतको योजनाहरू अघि सारेको छ । यस संस्थाले हालसम्म ६०० पशुको बिमा गरेको छ, यसको संख्यालाई अझै वृद्धि गर्दै लाने पनि यसै संस्थाकी अध्यक्ष कल्पना भण्डारीले बताइन ।

 

 

सम्बन्धित खवर