माओवादी केन्द्र कानेपोखरीको वडा अधिवेशन सम्पन्न : सम्पूर्ण पदाधिकारी सर्वसहमत - Crazysaptahik.com

माओवादी केन्द्र कानेपोखरीको वडा अधिवेशन सम्पन्न : सम्पूर्ण पदाधिकारी सर्वसहमत

क्रेजी संवाददाता
कानेपोखरी । नेकपा माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँपालिकाको प्रथम वडा अधिवेशन शनिबार सम्पन्न भएको छ । सात वटै वडाको अधिवेशनबाट पदाधिकारी सहित २९ सदस्यीय समिति सर्वसहमत रूपमा चयन भएको माओवादी केन्द्रले जनाएको छ।

कानेपोखरी गाउँपालिका वडा १ को अध्यक्षमा ईश्वर खतिवडा चयन भएका छन । उपाध्यक्षमा नरमाया पाण्डे, सचिवमा मान बहादुर कार्की, सह सचिवमा डिक बहादुर भण्डारी र कोषाध्यक्षमा राधादेवी अधिकारी चयन भएका हुन ।

कानेपोखरी गाउँपालिका वडा २ को अध्यक्षमा कमल कार्की ,उपाध्यक्षमा शुक्रराज लिम्बू ,सचीवमा राज मुर्मु ,सहसचिवमा शंकर राजवंशी र कोषाध्यक्षमा छन्नु मुर्मु चयन भएका छन ।

कानेपोखरी वडा ३ को अध्यक्षमा बोधनारायण राजवंशी ,उपाध्यक्षमा फुदना ऋषिदेव ,सचीवमा मनोज लिम्बू सहसचिवमा तराकुमार भण्डारी र कोषाध्यक्षमा रोमा थपलिया चयन भएका छन ।

कानेपोखरी वडा ४ को अध्यक्षमा भगतराम धिमाल ,उपाध्यक्षमा शर्मिला खत्री ,सचीवमा भुपेन्द्र कुमार सुब्बा, सहसचिवमा नरेश राई र कोषाध्यक्ष तेज बहादुर तामाङ चयन भएका हुन ।

कानेपोखरी ५ को वडा अध्यक्षमा भक्त बहादुर घले (कुमार), उपाध्यक्षमा दिपक सुवेदी, सचीवमा अनिल धिमाल, सहसचीवमा रेख बहादुर कार्की , कोषाध्यक्षमा मनमाया चौधरी चयन भएका हुन ।

वडा नं ६ अध्यक्षमा गुणराज फुयल ,उपाध्यक्षमा जित बहादुर ठटाल, सचीवमा रोशन राई थुलुङ ,सह सचिवमा सन्तोष आचार्य ,कोषाध्यक्षमा सिम्रण श्रेष्ठ रहेका छन ।

यस्तै वडा नं ७ अध्यक्षमा केदार चाम्लिङ राई, उपाध्यक्षमा बल बहादुर चेम्जोङ, सचीवमा महेन्द्र तामाङ, सहसचीवमा गंगालाल जोगी, कोषाध्यक्षमा तुलसा बास्तोला रहेको निर्वाचन समितीले जनाएको छ ।
वडा अधिवेशनको खुल्ला सत्र अन्तर्गतको औपचारिक कार्यक्रममा वडा नं. २ मा रक्तदान कार्यक्रम र वडा ४ मा सहिद परिवारका सदस्य राम बहादुर धिमाल र नेपाली कम्युनिष्ट आन्दोलनका अभियान्ता मेघनाथ लिम्बुलाई दोसल्ला अढाएर सम्मान गरिएको थियो ।

सम्बन्धित खवर