जहदा भेट्रानस गोल्डकप : उपाधि आयोजक जहदा भेट्रानसलाई - Crazysaptahik.com

जहदा भेट्रानस गोल्डकप : उपाधि आयोजक जहदा भेट्रानसलाई

सन्तोष राई
पथरी । आयोजक जहदा भेट्रानसका फरवार्ड डेनिम राईको एक मात्र गोलले जहदा भेट्रानस गोल्डकपको उपाधि आयोजकले आफ्नो पोल्टामा पारेको छ ।

मोरङको कानेपोखरी–५ मा अवस्थित जहदा रंगशालामा आइतबार भएको फाइनल खेलमा हाम्रो इटहरी भेट्रानसलाई स्तब्ध पार्दै आयोजक विजयी भएको हो ।

निक्कै नै प्रतिष्पर्धात्क खेलमा पहिलो हाफमा दुवैतर्फबाट गोल हुन सकेन । हाम्रो ईटहरी भेट्रानसबाट दुई वटा निक्कै राम्रो प्रहारहरु भएका थिए, तर बलले जाली चुम्न भने सकेन । यस्तै आयोजकका तर्फबाट पनि गोल गर्ने केही सुनौलो अवसरहरु खेर गएका थिए । दोस्रो हाफको खेलको ३८ औं मिनेटमा इटहरीका नेत्रकुमार श्रेष्ठले विपक्षी टिमका श्याम कुमार गोलेलाई डिएरियामा फल गरेपछि जहदाले पेनाल्टीको अवसर पाएको थियो । सो पेनाल्टीलाई आयोजकका डेनिम राईले सही सदुपयोग गरी बलले जाली चुमाएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच आयोजकका भुपेन लिम्बु घोषित भए उनले नगद २५ सय र ट्रफी प्राप्त गरे । यसैगरी अन्य विधाहरु बेष्ट गोलरक्षक आयोजकका राजिन धिमाल, वेष्ट डिफेन्स बिष्णु सुनुवार, वेष्ट मिडफिल्डर डेनिम राई, वेष्ट फरवार्ड रमेश गुरुङ, म्यान अफ द टुनामेन्ट नगेनमणि लिम्बु र प्रतियोगिताभरि बढी गोलकर्ता हाम्रो धरान भेट्रानसका जनकराज सुनुवार घोषित भए ।

विजेता आयोजकले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे भने उपविजेता हाम्रो इटहरी भेट्रानसले ६६ हजार ६ सय ६६ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएका छन् ।

औपचारिक कार्यक्रम :

फाइनल खेलका प्रमुख अतिथि कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले विजेता टिम आयोजक जहदालाई उपाधि प्रदान गरेका थिए ।

यसैगरी उपविजेता टिमलाई किरात धार्मिक वनका अध्यक्ष रामकाजी राईले पुरस्कार प्रदान गरेका थिए । अन्य वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. ५ का वध्यक्ष चरण गुरुङ, वि एण्ड वि कन्ट्रक्सनका संचालक भूपाल श्रेष्ठ, जनजागृती सामुदायिक वनका सचिव सपना पुरी, खेल संयोजक डेनिम राई, सहसंयोजक भोजराज श्रेष्ठ, कालीकोशी खानेपानीका अध्यक्ष भोजकुमार राई लगायतले खेलको विभिन्न विधाका पुरस्कार वितरण गरेका थिए ।

सम्बन्धित खवर