
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ ।
बैठकले वडा नम्बर १ मा अवस्थित पथरी बजारमा नगरपालिका कार्यालयको जग्गामा हाल व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई त्यहाँ निर्माण गरिने सपिङ कम्प्लेक्समा पहिलो प्राथमिकता दिने निर्णय सिफारिस गरेको छ ।
नगर उपप्रमुख एवम् राजस्व परामर्श समिति संयोजक यमुना विष्ट वास्तोलाको अध्यक्षतामा सम्पन्न बैठकले सो निर्णय कार्यपालिकामा पेश गर्ने निर्णय गरेको छ । हाल बजार क्षेत्रको टहरा रहेको स्थानमा नगरपालिकाले सपिङ कम्प्लेक्स भवन निर्माण गर्ने भएपछि व्यवसायीलाई ३५ दिने सूचना जारी गरी सो स्थान खाली गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

