मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने - Crazysaptahik.com

मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुने

जय मिडिया म्यानिजमेन्ट प्रा.लि.को आयोजनामा चौथो संस्करणको मिस्टर एण्ड मिस लिटल कोशी प्रतियोगिता हुनेभएको छ ।

बालवालिकाहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने हेतुले आयोजना हुन लागेको प्रतियोगिताको प्रथम अडिसन मंसिर ११ गते सुनसरीको इटहरी र विराटनगरमा हुने सिइओ नीशा खतिवडाले जानकारी दिइन् । ‘प्रतियोगितामा सहभागि हुने इच्छुकहरूको लागि हामीले आवेदन खुल्ला गरिएको छ । अनलाइनको माध्यमबाट पनि फारर्म भर्न सकिने व्यवस्था हामीले मिलाका छौं,’ उनले थपिन् ।

प्रतियोगितामा कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले भाग लिन पाउनेछन् । प्रतियोगिाको फाइनल आगामी पुस १५ गते गर्ने आयोजकले तयारी गरेको छ ।

विभिन्न चरणको अडिसनदेखि प्रतियोगिताको फाइनलमा न्युनतम मिस्टर लिटलमा २५ र मिस लिटलमा २५ जना गरि ५० जना फाइनलमा सहभागि गराउने जय मिडिया म्यानिजमेन्ट प्रालिका निर्देशक जय राज रायले जानकारी दिए । प्रतियोगिताको बिजेता हुने मिस्टर र मिस लिटले जनही २५–२५ हजार रुपैयाँको साथै विभिन्न गिफट ह्याम्पर प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.