लिभरपुलको शतप्रतिशत जित, मिलानसँग एट्लेटिको पराजित - Crazysaptahik.com

लिभरपुलको शतप्रतिशत जित, मिलानसँग एट्लेटिको पराजित

इंग्लिस क्लब लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई कायम राख्दै पोर्टोलाई २–० ले पराजित गरेको छ । समूह बी अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलका लागि थियागो अलकान्टरा र मोहम्मद सालाहले गोल गरे ।

लगातार पाँच खेल जितेको लिभरपुल १५अंक सहित शीर्ष स्थानमा छ । पोर्टो पाँच खेलबाट पाँच अंकसहित दोस्रो स्थानमा छ । लिभरपुल यसअघि नै समूह विजेता बन्दै नकआउट चरणमा पुगिसकेको छ ।

अर्को खेलमा एसी मिलानले एट्लेटिको मड्रिडलाई १–० ले पराजित गरेपछि यस समूहबाट दोस्रो भएर नकआउट पुग्ने होड रोमाञ्चक बनेको छ । एट्लेटिको मड्रिड र मिलानको समान चार अंक छ ।अब अन्तिम खेलमा एसी मिलानले घरेलु मैदान लिभरपुलसँग खेल्नेछ भने पोर्टोले घरेलु मैदानमा एट्लेटिको मड्रिडसँग खेल्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.