
स्पानिस क्लब रियल मड्रिड लगातार २५औं वर्ष युरोपियन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह डी अन्तर्गत बुधबार राति मोल्दोभोको एफसी सेरिफलाई ३–० ले राजित गर्दै रियल अन्तिम १६ मा पुगेको हो ।
रियललाई जित दिलाउन डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जिमाले गोल गरे । जितपछि समूह डी मा रियल पाँच खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ ।यसै समूहको अर्को खेलमा इटालियन क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेको छ ।
यस जितपछि इन्टर पनि नकआउट चरणमा प्रवेश गरेको छ । इन्टर १० अंकसहित दोस्रो स्थानमा छ । सेरिफ र साख्तर समूह चरणबाटै बाहिरिएको छ ।


