मुख्यमन्त्रीद्वारा तिलक बान्तवा राई स्मृतिग्रन्थ लोकार्पण - Crazysaptahik.com

मुख्यमन्त्रीद्वारा तिलक बान्तवा राई स्मृतिग्रन्थ लोकार्पण

क्रेजी संवाददाता
पथरी । मोरङ पथरीशनिश्चरेका प्रतिष्ठित व्यक्तिको रुपमा स्थापित साबिक पथरी गाबिसको पूर्ब अध्यक्ष तिलक वान्तावा राई सम्बन्धी लेखिएको तिलक बान्तावा राई स्मृतिग्रन्थ आज एक समारोहका बिच लोकार्पण भएको छ ।

वान्तवाको एक वर्षअघि कोरोना भाइरसको कारण ६६ वर्षको उमेरमा मृत्यु भएको छ । बार्षिक स्मृति दिवसको अवसरमा प्रस्ताबित तिलक बान्तावा राई स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईको हातबाट लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पण कार्यक्रममा मुख्यमन्त्री राईले देशमा असल र निष्ठावान व्यक्तिको खडेरी पर्दै गएको बताउनुभएको थियो । देशमा विचारभन्दा जालझेल र षड्यन्त्रको राजनीति हाबी हुँदै गएको बेला तिलक बान्तावा राईको जिवनीबाट समाजले सिक्नुपर्ने बताउनुभयो ।

पुस्तकको टिप्पनी डा. देउमान सम्बाहाम्फे र डा. मोहनकुमार तुम्बाहाङले गर्नुभएको कार्यक्रममा प्रदेश सांसद सुयर्माराज राई, पथरी गाबिस पूर्ब अध्यक्ष मोहन तुम्बापो लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

पुस्तकमा संविधानसभा सदस्य चण्डीप्रसाद राई, १ नम्बर प्रदेशको पूर्ब सामाजिक बिकास मन्त्री जीवन घिमिरे, प्रदेश सांसद सुयर्माराज राई, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, पथरी उद्योण वानिज्य संघको अध्यक्ष धनकुमार तामाङ, नेपाली कांग्रेस क्षेत्रीय सभापति गणेश खड्का, पथरी क्याम्पस प्रमुख चेतन पौडेल, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश अध्यक्ष अर्जुन जम्नेली राई लगायत १ सय २५ जनाको लेख समेटिएको पुस्तक २ सय ९० पृष्ठ रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.