
पथरीशनिश्चरे, अन्तर माध्यमिक विद्यालय प्रतियोगिताको उपाधि मेरी गोल्ड झापा, कन्काई माविले चुमेको छ । बुधबार भएको फाइनल खेलमा मेरी गोल्ड टिमले रेडस्टार माविलाई २५\१९ ,२५\१८ ,२५\ १७ अन्तरको सोझो सेटमा हराएको हो ।

वेलवारी नगरपालिकाकी उप प्रमुख ढाकाकुमारी९ तारा० पराजुलीले विजेता र उप विजेता टिमहरूलाई क्रमशः नगद १० हजार तथा ५ हजार रुपैंयाँ तथा ट्रफी द्वारा पुरस्कृत गर्नु भएको थियो ।
दोस्रो चरण अन्तर्गत सेमीफाइनलको आजै सम्पन्न प्रतियोगितामा रेडस्टार माध्यमिक विद्यालय पथरीशनिश्चरे वेष्ट अफ थ्रीु खेल ( नियम अनुसार सिंहदेवी एकाडेमी , राधा नगरलाई जितेर फाईनलमा प्रवेश गरेको रेडस्टार माविका भाईस प्रिन्सिपल वसन्त मादेनले जनाउनुभयो।

सिंहदेवी मावि वेलवारीद्वारा आयोजित उक्त प्रतियोगितामा झापा र मोरङका ८ वटा माविहरूले भाग लिएका छन्। जसमा भगवती उमावि ९वेलवारी० , शिक्षा सन्देश मावि९ वेलवारी० ,रेडस्टार मा वि९ पथरी०, सिंहदेवी एकेडेमी९ राधानगर०, झापा मेरीगोल्ड९ दमक० , सिद्धार्थ कलेज ९खोर्साने० ,ब्राइट फ्यूचर ९ विराटचौक० तथा कसेनी मावि ९कसेनी ० सहितको सहभागिता रहेका थिए ।

