
इटालियन सिरी ए मा शनिबार राति भएको खेलमा इन्टरमिलानले भेनेजिअलाई २–० ले पराजित गरेको छ । यस जितपछि इन्टरले शीर्ष दुई टिम नापोली र एसी मिलानसँग अंक दूरी १ मा झारेको छ । इन्टरका लागि हाकन चालहानोग्लु र लाउटोरो मार्टिनेजले गोल गरे ।
जितपछि इन्टर १४ खेलबाट ३१ अंक जोड्दै तेस्रो स्थानमा छ । एक खेल कम खेलेका नापोली र एसी मिलानको समान ३२ अंक छ । यस्तै युभेन्ट्सलाई १–० ले पराजित गर्दै एटलान्टा पनि अघि बढ्दैछ । चौथो स्थानको एटलान्टाको २८ अंक छ ।
युभेन्ट्सलाई उसैको मैदानमा पराजित गर्न एटलान्टाका लागि डुभान जापाट्टाले निर्णायक गोल गरे । हारपछि युभेन्ट्स १४ खेलबाट २१ अंकसहित आठौं स्थानमै छ ।


