रोयललाई स्तब्ध पार्दै जलथल सेमिफाइनलमा प्रवेश - Crazysaptahik.com

रोयललाई स्तब्ध पार्दै जलथल सेमिफाइनलमा प्रवेश

क्रेजी संवाददाता
शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी प्रथम एनी फाक्तेप गोल्डकप २०७८ अन्तर्गत आज भएको खेलमा जलथल फुटबल क्लब हल्दीबारी विजयी भएको छ ।

जलथल फुटबल क्लब हल्दीबारीले रोयल स्पोर्टिङ्ग क्लव दमक लाई २ – ० गोल अन्तरले स्तब्ध पार्दै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयको पहिलो हापको २३ औं मिनेटमा स्याम मुर्मुको गोलबाट जलथलले अग्रता लिएको थियो ।

दुवै तर्फबाट आक्रामक खेल भएको खेलमा ५७ औं मिनेटमा दमकका रोशन धिमाल दोहोरो पहेंलो कार्ड पाएर बाहिरिएपछि जलथलले खेल आफ्नो पक्षमा पारेको थियो । खेलको इन्जुरी समयमा पुनः जलथलका राजकुमार कन्दङ्वाले दोस्रो गोल गर्दै गोल अन्तर दोब्बर बनाएका थिए । खेलको म्यान अफ द म्याच विजेता टिमका राजकुमार कन्दङ्वा घोषित भए । भोलिको खेल माई भ्याली एफसी इलाम भर्सेस धरान सिटी फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.