माओवादी कानेपोखरीको नेतृत्व चयनमा चरम गुटबन्दी भएको कार्यकर्ताहरूको भनाइ : गठित कमिटी नमान्ने - Crazysaptahik.com

माओवादी कानेपोखरीको नेतृत्व चयनमा चरम गुटबन्दी भएको कार्यकर्ताहरूको भनाइ : गठित कमिटी नमान्ने

क्रेजी संवाददाता
कानेपोखरी । माओवादी केन्द्र मोरङ कानेपोखरी गाउँ कमिटीको अधिवेशनबाट नव गठित पदाधिकारीहरू नियम विपरीत गुठबन्दीद्धारा चुनिएको भन्दै पुराना कार्यकर्ताहरूले बन्दसत्रको विरोध गरेका छ्न ।
उनिहरूले गठित कमिटीलाई नमान्ने भन्दैँ पुनः अधिवेशनको माग गर्दै विरोध जनाएका हुन ।

माओवादी केन्द्र कानेपोखरी गाउँ कमिटीको जारी अधिवेशनबाट नेतृत्व परिवर्तनको चर्को आवाज उठिरहेको अवस्थामा गुठबन्दीद्धारा अध्यक्ष बनेका मनोज राजवंशीले नेतृत्व गरेको समुहले चरम गुठबन्दी गरेको भन्दैँ नव गठित गाउँ कमिटीबाट १० जनाले सामुहिक राजिनामा दिएका छ्न ।

चरम गुटबन्दीमा बसेर पार्टीको हितका लागि काम गर्ने वातावरण नरहेको भन्दै दुर्गा बहादुर कार्की, दिपेश लिम्बु, हरि मैनाली, जनक ढकाल, भिम नेपाल, स्वस्तिका फुयल, उषा ढकाल संग्रौला, टंक पाठक, बद्री प्रसाद पोख्रेल गोबिन्द अधिकारी लगायतले राजिनामा दिएका हुन ।

पार्टीलाइ वैचारिक र संगठानिकरुपमा चलायमान बनाउँदै एक डिक्का बनाएर लैजानको लागि नेतृत्व परिवर्तन गर्ने विषयमा अधिकांश प्रनिनिधीहरुको जोड भएता पनि राजवंशीको व्यक्तीवादी चिन्तनका कारणले गुटमा रहेर काम गर्न नसिकिने भन्दैँ गाउँ कमिटीबाट सामुहिक राजिनामा दिएको दिपेश लिम्बुले बताए ।

बन्दसत्रका अधिकांश सदस्यहरुले सामुहिक राजिनामा पेश गरेर बन्दसत्र बहिष्कार गरेको अवस्थामा पदाधिकारी चयन गर्ने निर्वाचन समितीको प्रकृया अवैधानिक र गलत रहेको ठहर गर्दै ५५ सदस्य गाउँ कमिटीका सदस्यहरु मध्ये बहुमत सदस्यहरुको हस्ताक्षर संकलन गर्ने र २२५ अधिवेशन प्रतिनिधीहरुको बहुमत सदस्यहरुको हस्ताक्षर अभियान चलाएर कानेपोखरीमा पुनः अधिवेशनको प्रकृयामा जाने दुर्गा बहादुर कार्कीले बताए ।

 

सम्बन्धित खवर