
क्रेजी संवाददाता
शिवसताक्षी । माईभ्याली फुटबल क्लब इलामलाई टाइब्रेकरमा पराजित गर्दै धरान सि.टी. फुटबल क्लब झापाको शिवसताक्षीमा जारी एनी फाक्तेप गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शिवसताक्षी–७ मा अवस्थित बाल सेवा स्कुलको खेल मैदानमा सोमबार भएको खेलमा निर्धारित ८० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा २–४ गोल अन्तरले पराजित हुँदै इलाम घर फर्कियो ।
दुवै टिमले खेलको पहिलो हाफ शुन्यको बराबरी खेलेको थियो । यस्तै खेलको ५६ औं मिनेटमा इलामका फरवार्ड विक्रम राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि पुनः इलामकै खेलाडी छिरिङ सेर्पाले ७४ औं मिनेटमा गोल गर्दै गोलको अग्रता दोब्बर बनाएका थिए ।

खेलको अन्त्यतिर भने धरानले एकोहोरो इलामलाई दबाबमा राखेको थियो । यत्तिकैमा धरानका विनोद राईले १ गोल गरी विपक्षी टिमसँग दूरी कम गरेका थिए । खेलको इन्जुरी समय केही सेकेन्ड मात्र बाँकी थियो धरानका विवेक राईले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपश्चात् टाइब्रकेमारमा धरानको अगाडि इलामले हार स्वीकार्न बाध्य भयो । खेलको म्यान अफ द म्याच विजयी टिम धरानका विनोद राई घोषित भए ।
भोलिको खेल आयोजक फाक्तेप फुटबल क्लब भर्सेस तुर्केनी फुटबल क्लब काँकडभिट्टा बीच हुने आयोजकले जनाएको छ ।

