रेड बुलका म्याक्स भर्सटापेनले मेक्सिको सिटी ग्रान्ड प्रिक्समा सहज जितका साथ एक सिजनमा सर्वाधिक जित निकाल्ने कीर्तिमान बनाएका छन् । आफ्नो वर्षको १४ औं जित हासिल गर्नुपूर्व विश्व च्याम्पियनले रेसको पहिलो भागमा लुइस ह्यामिल्टनको मर्सिडीजको चुनौतीलाई रोक्न सफल भएका थिए ।
भर्सटापेनले सन् २००४ र २०१३ मा १४ रेस जित्ने माइकल शुमाकर र सेबास्टियन भेटेलको रेकर्ड तोडेका छन् । मर्सिडिजका जर्ज रसेललाई पछि पार्दै रेडबुलका सर्जियो पेरेज तेस्रो भए ।
मर्सिडिजले दोस्रो र तेस्रो स्थानमा भर्सटापेनलाई पछि पार्दै रेस जित्ने आशा राखेको थियो । तर, विभिन्न टायर रणनीतिहहमा केही असफल भयो । त्यसैले भर्सटापेनले जित निकाल्न सफल भए ।
कसरी सम्भव भयो भर्सटापेनको जित ?
रेड बुल ‘सफ्ट’ टायरमा र मर्सिडीज ‘मिडियम’ मा सुरु भयो । त्यसपछि कसरी रेस खेल्न भन्ने रणनीति बन्न थाले । भेर्सटापेनले पहिलो कर्नरमा अग्रता लिन सफल भए । पोल म्यानको लागि मेक्सिकोमा पाँच रेसहरु भएको पहिलोपटक हो ।
त्यहाँ ह्यामिल्टनले दोस्रो पालोमा रसेललाई पछि पार्दा त्यसपछि पेरेजले दुई कर्नर पछि पारे ।ह्यामिल्टनले भर्सटापेनलाई पहिलो रेसमा नजिकबाट ट्र्याक गरे त्यहाँ स्पष्ट थियो कि रेड बुलले मर्सिडीजबाट दबाब महसुस गरिरहेको थियो ।
तर, रेड बुलले ल्याप २५ मा टायरको लागि रोकेको केही समयपछि उक्त तनाव हट्यो । त्यसपछि ह्यामिल्टनले हार्डसहरु फिट गर्दै थियो । ह्यामिल्टन कुनै रोकावट बिना नै अन्त्य गर्ने योजना गरेको थिए ।
त्याहाँ प्रश्न थियो की भेर्टपेनले पनि प्रश्न थियो भेर्सटापेनले पनि त्यस्तै गर्न सक्छन् । हार्ड राम्रो टायर नभएको चाडै स्पस्ट भयो । किनकि ह्यामिल्टन भेर्सटापेन भन्दा ६.५ सेकेन्ड पछि देखा परे । त्यसपछि रेडबुल देखि पनि टाडा जान थाले ।
ह्यामिल्टनले बारम्बार आफ्नो टायरको प्रदर्शनको कमीको बारेमा गुनासो गरे र उनका इन्जिनियरहरुले रेसको अन्तिमतिर माध्यमहरु हड्ने उनीहरुले आश्वासन दिए । त्यो राम्रो हुन सम्भव भएन । त्यसपछि भर्सटापेनले जित हासिल गर्न सफल भए ।
‘मेरो भित्री आत्माले टायर छनोट राम्रो भएन भन्ने लागेको थियो,’ मर्सिडीज टोलीका मालिक टोटो वोल्फले रेडियोमा ह्यामिल्टनलाई भने ।