शोएब अख्तरले किन भने, भारतले पाकिस्तानलाई मार्यो ? - Crazysaptahik.com

शोएब अख्तरले किन भने, भारतले पाकिस्तानलाई मार्यो ?

पाकिस्तानका पूर्व क्रिकेटर शोएब अख्तरले टी–२० विश्वकपमा दक्षिण अफ्रिकासँग भारतको हारपछि पाकिस्तान निकै निराश भएको बताएका छन् । शोएब अख्तरले आफ्नो युट्युब च्यानलमा भने, ‘भारतले हामीलाई निराश बनायो ।

भारतीय ब्याट्सम्यानले काम गरेनन् र भारतले हामीलाई मार्यो… हुन त हामी यो अवस्थाका लागि आफै जिम्मेवार छौँ । जब विश्वका उत्कृष्ट बलर तपाईंको अगाडि हुन्छन्, उपमहाद्वीपको कमजोरी सार्वजनिक भइहाल्छ । ’

आइतबार भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले पराजित गरेको हो । यसअघि शोएब अख्तरले जिम्बाब्वेसँग पाकिस्तानको हार बारे पनि स्पष्ट धारणा राखेका थिए ।

त्यसपछि उनले भविष्यवाणी गरेका थिए, ‘मैले पहिले पनि भनेको थिएँ कि पाकिस्तान यसै साता पाकिस्तान फर्किनेछ र अर्को हप्ता भारत फर्किनेछ । ’शोएबले भने, ‘त्यसपछि पाकिस्तानको सम्भावना निकै कमजोर भएको छ ।

दक्षिण अफ्रिका जितको ठूलो दावेदार बनेको छ । यसबाहेक न्युजिल्यान्डको टोली पनि निकै बलियो देखिएको छ ।’

सम्बन्धित खवर