क्रेजी संवाददाता
पथरीशनिश्चरे । इलाका प्रहरी कार्यालय पथरीले स्कुटर चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मोरङको रंगेली नगरपालिका वडा नं. ८ का अनुव बस्नेतलाई पक्राउ गरेको हो । रंगेली–७ बाट उनलाई स्कुटर स्कुटर सहित कात्तिक १४ गते पक्राउ गरिएको हो । उनलाई आज इप्रका पथरीमा पत्रकार सम्मेलन मार्फत् सार्वजानिक गरिएको हो ।
कानेपोखरी वडा नं. ७ मा अवस्थित सन्तोष उदासको ग्यारेज अगाडि पार्किङ गरी राखिएको प्र. १–०२–०३ प. ९४५१ नम्बर टिभिएस कम्पनीको स्कुटर कात्तिक १३ गते हराएको थियो ।
Video :-
स्कुटर चोरी भएको भन्ने खबर अस्थाई प्रहरी चौकी कानेपोखरी मार्फत् इप्रका पथरीबाट खटिएको प्रहरी टोलीले बस्नेतलाई स्कुटर सहित पक्राउ गरेको हो । मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य भइरहेको डिएसपी वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।