आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले जिम्बावमाथि जित निकालेको छ । बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्ड्सले पहिलो जित निकालेको हो ।
अष्ट्रेलियाको एडिलेटमा जिम्बावेले दिएको ११८ रनको लक्ष्य नेदरल्यान्ड्सले १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै टम कुपरले ३२ रन बनाए । जिम्बावेका ब्लेसिङ मुजराबानी र रिचार्ड एनगाभाराले दुई दुई तथा लुक जोंग्वेले एक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको जिम्बावेले १९ ओभर २ बलमा अलआउट हुँदै ११७ रन बनाएको थियो ।
जिम्बावेका लागि सिकन्दर राजाले ४० रन बनाए । सिन विलियम्सले २८ रन जोडे ।नेदरल्यान्ड्सका लागि पाउल भान मिइकीरेनले ३ विकेट लिए ।
जितसँगै समूह २ को नेदरल्यान्ड्सले ४ खेलमा २ अंक जोडेको छ । जिम्बावे ४ खेलमा ३ अंक जोडेर चौंथो स्थानमा छ ।