टी–ट्वान्टी विश्वकप क्रिकेटमा विराटको कीर्तिमान - Crazysaptahik.com

टी–ट्वान्टी विश्वकप क्रिकेटमा विराटको कीर्तिमान

भारतीय क्रिकेट खेलाडी विराट कोहलीले आईसीसी टी–ट्वान्टी विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । भारतीय ब्याट्सम्यान कोहलीले अष्ट्रेलियामा जारी विश्वकप अन्तर्गत बुधबार बंगलादेशविरुद्धको खेलबाट कोहलीले कीर्तिमान बनाएका हुन् ।

बंगलादेशविरुद्ध खेलमा ६४ रन बनाएका उनले हलसम्म टी–ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको कीर्तिमान बनाएका हुन् । कोहलीले हालसम्म टी–ट्वान्टी विश्वकपमा २५ खेल खेल्दै १ हजार ६५ रन बनाएका छन् ।

कोहलीले श्रीलंकाका पूर्व क्रिकेटर माहेला जयबर्दनेको नाममा रहेको १ हजार १६ रनको कीर्तिमान भङ्ग गरेका हुन् । विराटले कीर्तिमान बनाएको खेलमा भारतले बंगलादेशलाई ५ रनले हराएको थियो ।

सम्बन्धित खवर