पथरीशनिश्चरेका मोते र गौतम एमालेमा प्रवेश - Crazysaptahik.com

पथरीशनिश्चरेका मोते र गौतम एमालेमा प्रवेश

क्रेजी संवाददाता
पथरी । आसन्न प्रतिनिधिसभा  र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिदै जाँदा नेकपा एमालेमा प्रवेशको लहर नै चलेको छ ।

मोरङको पथरीशनिश्चरेमा पनि एमाले प्रवेश कार्यक्रमले तिव्रता पाएको छ । शुक्रबार पथरीशनिश्चरे वडा नं. ३ की कविता मोते मंगोल नेशनल अर्गनाइजेसन पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । यस्तै वडा नं. ३ कै मदन गौतम नेपाली कांग्रेसको क्रियाशील सदस्य परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ ।

दुवै जनालाई मोरङ क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य भानुभक्ता ढकाल र प्रदेश ‘क’ प्रदेश सभा सदस्य दिलिपकुमार राईले खदा र अविर लगाई पार्टीमा स्वागत गर्नुभएको छ ।

सम्बन्धित खवर