सनले विश्वकप गुमाउन सक्ने - Crazysaptahik.com

सनले विश्वकप गुमाउन सक्ने

टोटेनह्याम हटस्परका फरवार्ड सन ह्युङ–मिनको देब्रे आँखामा चोटको शल्यक्रिया गर्नु पर्ने भएको छ । मंगलबार च्याम्पियन्स लिग अन्तर्गत अन्तिम खेलमा टोटेनहमले मार्सेलीमाथि २–१ गोलको जित निकालेको खेलमा सन घाइते भएका थिए ।

‘सनको शल्यक्रिया गर्नु पर्ने भएको छ । उनले हाम्रो मेडिकल स्टाफसँग बसिरहेका छन् । हामी समयमै समर्थकहरूलाई थप अपडेट गर्नेछौँ,’ टोटेनहमले स्टेटमेन्टमा लेखेको छ । विश्वकपमा दक्षिण कोरियाले पहिलो खेल २४ नोभेम्बरमा उरुग्वेसँग खेल्नेछ ।

क्लबले सनको शल्यक्रिया कहिले हुन्छ भन्ने क्लबले बताएको छैन । विश्वकप नजिकिँदै गर्दा उनको शल्यक्रियाले दक्षिण कोरियालाई असर पर्ने देखिन्छ । सनले राष्ट्रिय टोलीबाट १०४ खेलमा ३५ गोल गरेका छन् । दक्षिण कोरिया रहेको समूहमा पोर्चुगल, घाना र उरुग्वे छन् ।

सम्बन्धित खवर