न्युजिल्यान्डद्वारा आयरल्यान्डलाई १८६ रनको लक्ष्य, लिटिलको ह्याट्रिक - Crazysaptahik.com

न्युजिल्यान्डद्वारा आयरल्यान्डलाई १८६ रनको लक्ष्य, लिटिलको ह्याट्रिक

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई १८६ रनको लक्ष्य दिएको छ । एडिलेडमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनायो ।

न्युजिल्यान्डका लागि केन विलियमसनले ६१ रनको अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै फिन एलनले ३२ रन बनाउँदा डेरी मिचेलले २९ रन बनाए ।

बलिङतर्फ आयरल्यान्डका लागि जोस लिटिलले ह्याट्रिक विकेट लिए । तीन विकेट लिँदा उनले १९ ओभरको दोस्रो बलमा केन विलियमससनलाई आउट गराएका उनले तेस्रो बलमा जिम्मी निसमलाई आउट गरा एभने चौथो बलमा मिचेल स्टेनरलाई आउट गराए ।

त्यस्तै ग्रेथ डेलानीले दुई विकेट लिँदा मार्क एडिएरले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै न्युजिल्यान्ड समूह १ बाट सेमिफाइनलमा पुग्ने योजनामा छ । यता आयरल्यान्ड पनि जित निकाल्दै सेमिफाइनलमा सम्भावना बाँकी राख्ने योजनामा छ ।

न्युजिल्यान्डद्वारा आयरल्यान्डलाई १८६ रनको लक्ष्य, लिटिलको ह्याट्रिक आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्यान्डले आयरल्यान्डलाई १८६ रनको लक्ष्य दिएको छ । एडिलेडमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८५ रन बनायो ।

सम्बन्धित खवर