क्रेजीसंवादाता
पथरी शनिश्चरे,
मोरङको पथरी शनिश्चरे नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्यक्रम अभियान तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गत बिहीबारका दिन भएको अभिमुखीकरण कार्यक्रम नगरको सभाहलमा राष्ट्रिय परिचयपत्र जिल्ला स्तरीय समन्वय समिति मोरङले आयोजना गरेको थिए ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नगरका प्रमुख मोहनप्रसाद तुम्वापो, अतिथिहरु उप–प्रमुख देवीमाया काफ्ले, इप्रकाका डिएसपी वेदप्रसाद गौतम लगायत रहनुभएको थियो ।
नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले सञ्चालन गर्नुभएको अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष, वडा सचिव र नगरका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममको सहजीकरण मोरङ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रवक्ता शरद कुमार पोखरेलले गर्नुभएको थियो ।