पथरीशनिश्चरे ८ मा एमालेको घरदैलो अभियान - Crazysaptahik.com

पथरीशनिश्चरे ८ मा एमालेको घरदैलो अभियान

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले मोरङ क्षेत्र नं. ३ ले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा घरदैलो अभियानलाई तीब्र बनाएको छ ।

उम्मेदवारहरू प्रचार अभियानमा यतिबेला मतदाताहरुका घरदैलोमा पुग्ने क्रम जारी रहेको छ । आज पथरीशनिश्चरे वडा नं. ८ को जनताको घरघरमा मोरङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेद्वार भानुभक्त ढकाल, प्रदेश सभा सदस्य उम्मेद्वार क्षेत्र (क) का दिलिपकुमार राई, समानुपातिक उम्मेद्वार नरेन्द्र श्रेष्ठ घरदैलोमा सक्रिय भए ।

वडा नं. ८ को राई गाउँ, सोमबारे, मंगलबारे, शुक्रबारे, केर्खा टोल, कुशल चौक, बतासेनी चौक हुँदै माझी टोलमा आएर घरदैलोको समापन गरिएको थियो ।

घरदैलोमा केन्द्रीय सदस्य युवराज बास्कोटा साथै प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र वडावासीहरू सक्रिय भएर दिनभर घरदैलोमा सरिक भए ।

सम्बन्धित खवर