‘हामीले कानुन बनाएकै कारणले भूमिहिन सुकुम्बासीले लालपुर्जा पाएका छन्’– ढकाल - Crazysaptahik.com

‘हामीले कानुन बनाएकै कारणले भूमिहिन सुकुम्बासीले लालपुर्जा पाएका छन्’– ढकाल

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरेमा आज नेकपा एमालेले वृहत् घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

एमालेले पार्टी कार्यालय पथरीशनिश्चरे–१ रत्न चौकबाट घरदैलो कार्यक्रमको सुरुवात गरेको थियो । पथरी बजारमा एमालेका भूतपूर्व मन्त्री एवम् मोरङ क्षेत्र नं – ३ का प्रतिनिधि सभाका उम्मेदवार भानुभक्त ढकाल र प्रदेश नं. १ प्रदेश सभाका क्षेत्र नं–३ ‘कश्र का उम्मेदवार एवम् पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिपकुमार राई वडा नं–१ का प्रत्येक घरमै पुगेर भोट माग्दै हिडेका थिए ।

प्रत्येक मतदाता आफूलाई मत दिने मतदाताले जाहेर गरेका थिए । पथरीशनिश्चरे वडा न–१ को रत्न हुँदै विशाल चौक, पथरी बजार, राजमार्गको फुलबारी चोक, जाँते मोड, जनआन्दोलन चौक, बिष्ट लाइन, वीपी चौक, मन्दिर लाइन, सुन्दर बस्ती हुँदै नगरपालिका लाइनबाट नगरको भित्री लाइन हँुदै यलम्बर चौकमा पुगेर कोणसभामा परिणत थियो ।

सो कोणसभाा बोल्दै उम्मेद्वार ढकालले भने– ‘म कानुनमन्त्री भएको बेला हामीले कानुन बनाएकै कारणले भूमिहिन सुकुम्बासीले लालपुर्जा पाएका छन् ।’

सम्बन्धित खवर