सिर्जना चौतारीमा मासिक कार्यक्रम - Crazysaptahik.com

सिर्जना चौतारीमा मासिक कार्यक्रम


क्रेजीसंवादाता
मोरङ्गको पथरी शनिश्चरेमा–१ रहेको मनोहर होटल एण्ड पार्कमा गत शनिवारका दिन एभरेष्ट आर्ट फ्युजनको मासिक कार्यक्रम अन्तर्गत सिर्जना चौतारी साहित्यिक कार्यक्रम सम्पन्न भएको थियो ।

महिनाको अन्तिम हफ्तामा गरिने कार्यक्रम विभिन्न स्थानीय स्रष्टाहरूले गीत,गजल कविता मुक्तक वाचन गरेका थिए । वाचन गर्ने स्रष्टाहरूमा भवानी दुलाल,उत्तम आपागाई, सीता राई, दीपक दियालो,राजेन्द्र विवश,टिका लुईटेल,भूपेन्द्र तिम्सिना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सदस्य सरोजा खड्गी लगायत रहेका थिए।

सोही कार्यक्रम सिर्जना चौतारीका संयोजक लक्ष्मीप्रसाद फूयाँलको अध्यक्षतामा सम्पन्न भएको थियोे,यसरी नै एभरेष्ट आर्ट फ्युजनको अध्यक्ष भूमिप्रसाद पाठकको पनि उपस्थिती रहेको थियो।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.