क्रेजी संवाददाता
बेलबारी । मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेद्वार जयराज संयोक लिम्बु जिताऔं अभियानको समीक्षा बैठक सम्पन्न भएको छ ।
आज बेलबारी–३ सम्झना चौकमा भएको समीक्षा बैठकमा अभियानको भावी योजना तिव्र रुपमा भइरहेको र उत्साहजनक कार्य भइरहेको निष्कर्ष निकालिएको छ । र, माछा चुनाव चिन्हले चुनाव जित्नेमा निश्चित रहेको बताइएको छ ।
समीक्षा बैठकमा मतदाताहरूमा राजनीतिक दलप्रति वितृष्णा जनाउँदै यस पटक स्वतन्त्र उम्मेद्वारलाई जिताउने अभियानमा गोप्य मतदानबाट विजयी गराउने निष्कर्ष निकालिएको अभियानका प्रचार संयोजक काबुलबहादुर मगर (विकास)ले बताउनुभयो ।
यस अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश उप्रेती (घन्टी) र प्रदेश (ख)का उम्मेद्वार विवेक खनालले समेत प्रतिनिधिसभाको चुनावमा संयोकलाई समर्थन गर्ने जनाएका छन् । यस्तै पुतली चिन्ह लिएका स्वतन्त्र उम्मेद्वार हिम मिश्रले समेत माछा चुनाव चिन्हलाई समर्थन गर्ने जनाएका छन् ।
समीक्षा बैठकमा माछा चुनाव चिन्हले नेपाली कांग्रेस लगायत कुनै पनि राजनीतिक पार्टीलाई समर्थन नगर्ने जनाएका छन् । प्रचार संयोजक मगरले भने – ‘यदि कसैले आफूहरुलाई सघाउने भन्ने समाचार आए त्यो भ्रामक समाचार हुनेछ ।’