पथरीशनिश्चरे वडा नं. १० र ४ मा एमालेको वृहत् घरदैलो - Crazysaptahik.com

पथरीशनिश्चरे वडा नं. १० र ४ मा एमालेको वृहत् घरदैलो

क्रेजी संवाददाता
पथरी । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनकोे सम्मुखमा आज पथरीशनिश्चरे–१० र ४ मा एमालेको वृहत् घरदैलो कार्यक्रम भएको छ ।

नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भानुभक्त ढकाल र प्रदेश सभा सदस्य (क)का उम्मेद्वार दिलिपकुमार राई (किशोर) सहित भएको घरदैलो कार्यक्रममा दुवै वडाका वडावासीहरु उत्साहित देखिन्थे ।

विहानीको समयमा वडा नं. १० को घरदैलो र कोणसभा पश्चात् वडा नं. ४ तर्फ कार्यक्रम अघि बढेको थियो ।
शनिश्चरे चौकबाट १ बजे सुरु भएको घरदैलो कार्यक्रम नयाँ सोम्बारे हुँदै सम्झना चौकको कोणसभामा उम्मेद्वार दिलिपकुमार राई (किशोर)ले सम्बोधन गर्नुभएको थियो ।

यस्तै सिरिसे डाँडामा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार भानुभक्त ढकालले सम्बोधन गर्नुभयो । यस्तै घरदैलो कार्यक्रम नमूना चौकमा पुगेर कोणसभा भई विसर्जन भएको थियो ।

सम्बन्धित खवर