म्याराडोनाको ‘ह्यान्ड अफ गड’ बललाई लिलामीमा २० लाख पाउण्ड बोली लागे पनि बिक्री हुन सकेन - Crazysaptahik.com

म्याराडोनाको ‘ह्यान्ड अफ गड’ बललाई लिलामीमा २० लाख पाउण्ड बोली लागे पनि बिक्री हुन सकेन

अर्जेन्टिनाका तत्कालीन कप्तान डिएगो म्याराडोनाले सन् १९८६ को विश्वकपको क्याटरफाईनल खेलमा एक गोल हातैले गरेका थिए । ‘ह्यान्ड अफ गड’ भनेर चिनिने उक्त गोलमा जुन बला प्रयोग भएको थियो, त्यो गत बुधबार लिलाममा राखिएको थियो ।

लिलाममा बलमाथि सबैभन्दा धेरै २० लाख पाउण्ड बोली परेको थियो । तर यसको बोली लगाउने पक्ष र विक्रेताबीच थप वार्ता जारी हुँदा निष्कर्ष पुग्न सकेन । म्याराडोनाले सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा मेक्सिको सिटीको एस्टाडियो एजटेकामा ‘ह्याण्ड अफ गड’सहित दुई गोल गरेर इङ्ल्यान्डलाई हराएका थिए ।

म्याराडोनाले इंग्ल्यान्डविरुद्धको पहिलो गोललाई मुक्का हानेर पोष्टमा छिराएका थिए । तर रेफ्री हातले हानेको निश्चित नहुँदा त्यसलाई गोल दिए । म्यारोडोनाले सोही खेलमा गरेको दोस्रो गोललाई भने शताब्दीकै उत्कृष्ट गोल मानिन्छ ।

नोभेम्बर २०२० मा ६० वर्षको उमेरमा बितेका अर्जेन्टिनाका प्लेमेकर म्याराडोनाले आफ्नो विवादास्पद सुरुवाती गोललाई ‘केही मात्रा आफ्नो टाउकोले र केही भगवानको हातले ’ गरेको दाबी गरेका थिए ।

सो वर्ष इङ्ल्यान्ड २–१ ले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो भने फाइनलमा पश्चिम जर्मनीलाई पराजित गर्दै अर्जेन्टिना विश्व च्याम्पियन बनेको थियो । अघिल्लो बुधबार ग्राहम बड अक्सनले बिक्रीमा राखेका ३०० भन्दा बढी सामानमध्ये एकको रूपमा बल पनि राखिएको थियो ।

प्रारम्भिक रुपमा २५ लाख पाउन्डदेखि ३० लाख पाउण्डमा विक्री हुने अपेक्षा गरिए पनि बलको बोली २० लाखमै रोकियो । हाल विक्रेता र इच्छुक पक्षबीच छलफल भइरहेको छ र सहमतिको अपेक्षा गरिएको छ ।

सोही खेलमा म्याराडोनाले लगाएको टीसर्ट भने मे महिनामा ७१ लाख पाउण्डमा बिक्री भएको थियो । त्यो टीसर्ट ४० लाख पाउण्डमै बिक्री हुने अपेक्षा गरिएको थियो । सन् १९८६ को खेलमा रेफ्री रहेका ट्युनिसियाली नागरिक अलि बिन नासेरसँग हालसम्म यस बलका मालिक हुन् ।

उनले यो बल अब दुनियाँका सामु साझा गर्ने बेला आएको बताए । उनले लिलामीमा जसले बल किनेपछि तिनले यसलाई सार्वजनिक प्रदर्शनीमा राखिदिए हुने अपेक्षा गरेका छन् । त्यो दिन के भएको थियो भन्नेबारेमा पनि नासेरले सुनाए ।

‘किपर र म्याराडोना बलतर्फ झम्टिएका थिए र म पछाडिबाट हेरिरहेको थिएँ । मैले प्रमाणिकरणको लागि लाईन्सम्यानलाई हरेँ । उनले गोल भएको संकेत गरेपछि मैले उक्त निर्णय गरें ।

खेल सकिएपछि इग्ल्याण्डका प्रमुख कोच बबी रबसनले मलाई भेटेर तपाईँले जे गर्नुपर्ने त्यही गर्नुभयो, तर लाईन्सम्यान गैरजिम्मेबार रहे भने ,’ नासेरले भने ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.