विश्वकप फुटबलको पहिलो खेलमा पोल्यान्डले मेक्सिकोसँग गोलरहित बराबरी खेलेको छ । मंगलबार राति भएको समूह सी को दोस्रो खेलमा दुई टोलीले गोल रहित बराबरी खेलेका हुन् ।
स्टेडियम ९७४ मा भएको खेलमा दुई टोलीले बराबरी खेल्दै अङ्क एक–एक बाडेका छन् । खेलको ५८ औँ मिनेटमा पोल्यान्डका रोबेर्टाे लेवान्डोस्कीले पेनाल्टी मिस गर्दा पोल्यान्डले गोल गर्ने मौका गुमायो ।
दुई टोलीले बराबरी खेल्दै एक–एक अङ्क बाडेका छन् । दुई टोलीको बराबरीले अर्जेन्टिनालाई राहत मिलेको छ ।