बुधबार सम्पन्न स्पेन र कोष्टारिकाबीचको खेलमा जारी कतार विश्वकपमै सर्वाधिक गोल भएको छ। स्पेनले कोष्टारिकाविरुद्ध ७ गोल गरेको हो । स्पेन हावी भएको खेलमा कोष्टारिकाले एक पछि अर्को गोल खान पुग्यो ।
पहिलो हाफमै ३ गोल खाएको कोष्टारिकाले दोस्रो हाफमा थप ४ गोल खायो ।स्पेनका लागि पहिलो गोल डानी ओल्मोले गरे जुन ११ औं मिनेटमा भएको थियो । यस्तै मार्कोले २१ औ तथा फर्नान् टोरेसले पेनाल्टीबाट ३१ औं मिनेटमा अर्को गोल गरे ।
उनले ५४ औं मिनेटमा अर्को गोल थप्दा गाभीले ७४ औं तथा कार्लेसले ९० औं मिनेटमा गोल गरे । इन्जुरी समयमा फेरि मोराटाले गोल गर्दै कोस्टारिकाविरुद्ध ७ गोल पुर्यो । समूह इमा रहेको स्पेनले यससँगै विश्वकपमा सानदार सुरुवात गरेको छ ।