यु–१९ क्रिकेट : बागमतीको लगातार दोस्रो जित - Crazysaptahik.com

यु–१९ क्रिकेट : बागमतीको लगातार दोस्रो जित

प्रदेश १ लाई ७२ रनले पराजित गर्दै बागमतीले प्रदेशले राजधानीमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बागमतीले दिएको २ सय ७० रनको लक्ष्य पछ्याएको प्रदेश १ ले ४९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ९७ रन मात्र बनाउन सक्यो ।प्रदेश १ का लागि कप्तान दीपेश कँडेलले ६६ बलमा ४७ रन बनाए ।

स्टेन रिजालले ३५ रनको योगदान गर्दा शुभन गहतराजले २६ तथा फैजल रहमानले २४ रन बनाए । विपिन महतोले २१ रन जोड्दा बागमतीले अतिरिक्तमा १५ रन खर्चिएको थियो ।

प्रदेश १ को इनिङलाई सस्तैमा समेट्ने क्रममा बागमतीका लागि सक्रिय कार्कीले ३ तथा ओमकार यादवले २ विकेट लिए । अभिषेक कोइराला, अर्थव पौड्याल र अहमद राजाले समान १\१ विकेट निकाले ।

त्यसअघि पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो । बागमतीका लागि प्रतिक श्रेष्ठले १ सय ५ बलको सामना गर्दा १० चौका र ९ छक्काको सहयोगमा अविजित १ सय ४२ रनको शतकीय पारी खेलेका थिए ।

कप्तान अशोक पौडेलले २५ रन जोड्दा सक्षम बस्ताकोटी २३ रन बनाउँदा रन आउट हुन पुगेका थिए । अर्थव पौड्यालले १५ तथा योगेश भाटले १४ रनको योगदान गरेका थिए ।

बलिङतर्फ प्रदेश १ का लागि कप्तान दीपेश कँडेल र विपिन महतोले समान २÷२ तथा अभिनय राजवंशी, आशिष मगर र सोनु अन्सारीले समान १\१ विकेट लिए । यस जितसँगै बागमतीले २ खेलबाट ४ अंक बनाएको छ । दोस्रो खेलमा पहिलो हार व्यहोरेको प्रदेश–१ को २ अंक छ ।​

प्रतियोगिताअन्तर्गत शुक्रवार भएको अर्को खेलमा पनि सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई १०० रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको हो । सुदूरपश्चिमले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २१ ओभरमा सबै विकेट गुमाएर मात्र ८० रन बनाउन सक्यो ।

लुम्बिनीका लागि ओपनर आकाश त्रिपाठीले २३ बलमा २२ रन तथा अर्का ओपनर तथा कप्तान देव खनालले १३ रन बनाए । मनोज मगरले ११ रन जोड्दा लुम्बिनीका अन्य खेलाडीले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

कसिलो बलिङ गरेको सुदूरपश्चिमका लागि आकाश चन्दले एक्लैले ५ विकेट लिए । हेमन्त धामीको नाममा ३ तथा कैलाश ऐरको नाममा १ विकेट रह्यो । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ८० को योगफल बनाएको थियो । सुदूरपश्चिमका लागि दीपक बोहोराले ७३ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेले ।

गजेन्द्र बोहोराले १९ तथा दीपक बोहोराले १७ रन बनाए । विशाल ऐरले १६ रन जोड्दा हेमन्त धामीले १५ रन जोडे । लुम्बिनीका लागि विशालविक्रम केसीले ३ तथा नर सार्की र निर्मल गुरुङले समान २÷२ विकेट लिए ।

रमेश कुर्मी र दुर्गेश गुप्ताले समान १\१ विकेट लिएका थिए । यस जितसँगै सुदूरपश्चिमको पनि समान ४ अंक नै भएको छ । लुम्बिनीले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । प्रतियोगितामा शनिबार पनि दुई खेल हुनेछन् ।

मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र मधेस प्रदेश तथा कीर्तिपुर मैदानमा कर्णाली र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित खवर