सनेगलले विश्वकप फुटबलको दोस्रो खेलमा कतारमाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ । अल थुमाम स्टेडियममा भइरहेको खेलमा सेनेगलका लागि बोउलाय डाइले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।
उनले खेलको ४१ औं मिनेटमा गोल गरेका हुन् । खेलमा दुवै टोलीलाई जितको आवश्यक छ । अघिल्लो चरण प्रवेशका लागि आजको खेलमा जित निकाल्दै पर्ने दबाब दुई टोलीलाई छ ।